सोमबार, भदौ १५, २०८३

अझै मरेको छैन रियल मड्रिडमा जितको भोक

इटालियन क्लब एटलान्टालाई हराउँदै स्पेनिस जायन्ड रियल मड्रिड तीन वर्षपछि युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं – इटालियन क्लब एटलान्टालाई हराउँदै स्पेनिस जायन्ड रियल मड्रिड तीन वर्षपछि युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

पहिलो लेगको खेलमा १–० गोलको साँघुरो जित निकालेको रियलले दोस्रो लेगको खेलमा ३–१ गोलको जित निकाल्दै समग्रमा ४–१ गोलको जित निकालेको हो।

गएरातिको खेलमा फरवार्ड करिम बेञ्जेमाले गोल गर्दै घरेलु टिमलाई ३४ औं मिनेटमै अग्रता दिलाएका थिए। यससँगै पहिलो हाफमा रियल एक गोलले अघि रह्यो।

त्यस्तै दोस्रो हाफको ६० औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै कप्तान सर्जियो रामोसले गोल गरे। 

खेलको ८३ औं मिनेटमा एटलान्टाका लुइस फ्रुटोले गोल गर्दै खेलमा पुनरागमन गर्न चाहे पनि रियलका एसेन्सियोले त्यसलगत्तै गोल गरेर पाहुना टिममाथि दबाब बढाए।

खेलमा त्यसपछि गोल हुन सकेन र रियलले जित्यो। इटालीस्थित एटलान्टाको मैदानमा सम्पन्न पहिलो लेगको खेलमा भने रियलका फरल्यान्ड मेन्डीले निर्णायक गोल गरेका थिए।

‘सबैभन्दा महत्त्वपूर्ण कुरा हामी क्वार्टरफाइनलमा पुग्यौँ। जुन पछिल्ला दुई सिजनमा पुगेका थिएनौँ,’ गएरातिको खेलपछि रियलका मिडफिल्डर मोड्रिचले भने,‘हामीले देखायौँ कि हामीसँग अझैसम्म जितको भोक कायम छ। हामी अझै लगातार जित चाहन्छौं। हामी धेरै अघिसम्म जान चाहन्छौं।’

लगातार तीनपटक युरोपियन च्याम्पियन बनेको रियलका प्रशिक्षक जिनेदिन जिदानेले २०१८ को सिजनपछि क्लब छोडेका थिए।

त्यससँगै फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि इटालियन क्लब पुगेपछि रियलको खेल कमजोर बन्दै गएको थियो।

९ महिनापछि जिदान क्लबमा फर्किए पनि बूढा र महँगा खेलाडीको स्क्वाड थाम्न रियललाई गाह्रो परिरहेको आलोचना हुँदै आएको अवस्थामा ऊ च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुगेको हो।

प्रकाशित: Mar 17, 2021| 02:18 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।