सोमबार, भदौ १५, २०८३

जिप दुर्घटनामा चारको मृत्यु, आठ जना घाइते

सिन्धुलीमा मंगलबार जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। आठ जना घाइते भएका छन् ।
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

काठमाडौं- सिन्धुलीमा मंगलबार जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। आठ जना घाइते भएका छन्। 

सिन्धुलीमाढीबाट कमलामाई नगरपालिका बाँसकटेरीतर्फ गुडिरहेको बा १७ च १११७ जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेका अनुसार मृत्यु हुनेमा कमलामाई ७ का ६५ वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीया रीता इसमाली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उनको दुई वर्षको छोरा मनीष श्रेष्ठ छन्।

दुर्घटनामा परी ३८ वर्षीय चालक भोजविक्रम थापा गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएकाे छ। 

अन्य घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना भएको जिपमा १२ जना चढेका थिए। जिप सडकबाट ६० फिट तल खसेको थियो।

प्रकाशित: Mar 16, 2021| 15:53 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।