सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली समूहले भन्यो- भेला आयोजना गरिएको छैन, भ्रममा नपरौं

ओली समूहले भन्यो- भेला आयोजना गरिएको छैन, भ्रममा नपरौं

एमाले केपी शर्मा ओली समूहले पार्टीले चैत ४ र ५ गते काठमाडौंमा कुनै पनि भेला आयोजना नगरिएको दाबी गरेको छ।
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

काठमाडौं- एमाले केपी शर्मा ओली समूहले पार्टीले चैत ४ र ५ गते काठमाडौंमा कुनै पनि भेला आयोजना नगरिएको दाबी गरेको छ।

उक्त समूहका तर्फबाट महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै नेकपा एमालको नाममा चैत ४ र ५ गते भेला आयोजना गर्ने भनी प्रचारित सूचनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। 

एमाले माधवकुमार नेपाल-झलनाथ खनालले बुधबारदेखि  राजधानीमा दुइ दिने राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्न लागेको छ। दुई दिने भेलामा देशभरका दुई हजार अगुवा कार्यकर्ता सहभागी हुने दाबी उक्त समूहको छ। 

ओली समूहले सो भेला भ्रामक रहेको भन्दै कार्यकर्तालाई भेलामा सहभागी नहुन निर्देशन दिएको हो।

पोखरेलले भनेका छन्, 'एमालेका तर्फबाट कुनै भेला आयोजना गरिएको छैन।'

विज्ञप्तिमा अनधिकृत गुटगत भेला नगर्न नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन निर्देशन दिइएको छ।

विज्ञप्तिमा उल्लेख छ, 'अन्यथा मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवम् नियमावली हुने कुरा पनि स्पष्ट गरिन्छ।'

प्रकाशित: Mar 16, 2021| 15:13 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।