सोमबार, भदौ १५, २०८३

ट्राफिक प्रहरीलाई पैसा दिन खोज्दा दुई जना पक्राउ

सुर्खेतमा ट्राफिक प्रहरीलाई पैसा दिन खोज्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका १० का चक्र टमटा र सोही ठाउँका धर्म तिवारी छन्।
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

सुर्खेत- सुर्खेतमा ट्राफिक प्रहरीलाई पैसा दिन खोज्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका १० का चक्र टमटा र सोही ठाउँका धर्म तिवारी छन्। 

उनीहरुले मंगलबार साँझ पञ्चपुरी बजारमा चेकिङमा खटिएका ट्राफिक प्रहरीलाई ५०० रुपैयाँ दिन खोजेका थिए।  

बिना लाइसेन्स (सवारीचालक अनुमतिपत्र) भे ३ प ९०७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले कारबाहीबाट बच्ने उद्देश्यले प्रहरीलाई ५०० रुपैयाँ बुझाउन खोजेका हुन्। 

सुर्खेतका ट्राफिक प्रमुख उपेन्द्रप्रसाद आचार्यले दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बाबियाचौर पठाइएको बताए।

प्रकाशित: Mar 16, 2021| 14:33 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।