सोमबार, भदौ १५, २०८३

सर्वदलीय बैठकको उद्देश्य बंगलादेश भ्रमण र चियापान

राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक अहिले भर्खर सकिएको छ।
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक अहिले भर्खर सकिएको छ। बैठक राष्ट्रपति निवास शीतल निवासमा करिब एक घण्टा चलेको थियो।

बैठकस्थलबाट बाहिरिएपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समसामयिक विषयमा छलफल भएको प्रतिक्रिया दिए। 

‘राष्ट्रपतिज्यूको बंगलादेशको भ्रमण रहेछ। त्यो भ्रमणको सिलसिलामा चियापान कार्यक्रमसहित सर्वदलीय बैठक गर्नुभएको रहेछ,’ उनले भने।

बैठकमा केही नेताहरुले मात्रै बोलेको उनले जानकारी दिए। बैठकमा राष्ट्रपतिले आफू यही चैत ९ र १० गते दुई दिनका लागि बंगलादेश भ्रमणमा जान लागेको जानकारी दिएको उनले बताए।

बैठकमा आफूले ‘जिम्मेवार ठाउँमा बसेका मानिसहरुले विचार नगर्दा अहिलेको परिस्थिति आएको’ धारणा राखेको केसीले बताए। ‘अहिलेको परिस्थिति जिम्मेवारीमा रहेका मानिस र राजनीतिक पार्टीका कारणले भएको भन्ने मैले धारणा राखें,' उनले सुनाए। राजनीतिक पार्टीहरु बसेर संसदबाट निकास दिनुपर्ने धारणा केसीको थियो। 

सर्वदलीय बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली , उपप्रधानमन्त्री ईश्वर पोख्रेल ,अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा सहभागी थिए।

एमालेका वरिष्ठ नेतासमेत रहेका पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल भने बैठकमा सहभागी भएनन्।

त्यस्तै नेपाली कांग्रेसको तर्फबाट पूर्वप्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता  रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र उपसभापति बिमलेन्द्र निधि सहभागी थिए।

नेकपा माओवादी केन्द्रको तर्फबाट पूर्वप्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख सचेतक देव गुरुङ र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए।

यस्तै मन्त्रीपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी पनि बैठकमा सहभागी थिए।

जनता समाजवादी पार्टी नेपालको तर्फबाट अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो सहभागी भए भने जसपा संघीय परिषद्का अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई भने सहभागी भएनन्।

नेमकिपाको तर्फबाट सांसद प्रेम सुवाल, राप्रपाको तर्फबाट अध्यक्ष प्रकाशचन्द्र लोहनी सहभागी थिए।

प्रकाशित: Mar 16, 2021| 12:30 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।