सोमबार, भदौ १५, २०८३

साढे १२ प्रतिशतले बढ्यो कच्चा तेलको मूल्य

नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजारमा एक वर्षमा कच्चा तेलको मूल्य साढे १२ प्रतिशतले बढेको जानकारी दिएको छ। 
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

काठमाडौं– नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजारमा एक वर्षमा कच्चा तेलको मूल्य साढे १२ प्रतिशतले बढेको जानकारी दिएको छ। 

राष्ट्र बैंकले चालू आर्थिक वर्षको वर्तमान आर्थिक अवस्था सार्वजनिक गर्दै एक वर्षको अवधिमा १२.५ प्रतिशतले कच्चा तेलको मूल्य बढेको बताएको हो। राष्ट्र बैंकका अनुसार गत वर्ष माघमा ५५.५४ अमरिकी डलर प्रतिब्यारेल रहेको कच्चा पेट्रोलियमको मूल्य गत माघमा ६२.४७ डलर प्रतिब्यारेल पुगेको छ। एक ब्यारेल बराबर करिब १६० लिटर हुन्छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएपछि त्यसको असर नेपालमा पनि पर्ने गरेको छ। पछिल्लो समय नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै पटक पटक मूल्य बढाउँदै आएको छ। हाल नेपालमा पेट्रोलको मूल्य ११६ रुपैयाँ प्रतिलिटर र डिजेल तथा मटीतेलको ९९ रुपैयाँ प्रतिलिटर छ।

राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य एक वर्षमा १६.२ प्रतिशतले बढेको छ। गत वर्ष माघमा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १ हजार ५६३.७० अमेरिकी डलर रहेकोमा गत माघमा १ हजार ८१६.३५ डलर प्रतिऔंस पुगेको छ।
 

प्रकाशित: Mar 16, 2021| 12:06 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।