सोमबार, भदौ १५, २०८३

चैत ५ गतेदेखि विराट फुटवेयर बिजनेस एक्स्पाे हुने

यही चैत ५ गतेदेखि विराटनगर विराट फुटवेयर बिजनेस एक्स्पो हुने भएको छ। विराटनगरमा ४ वर्षदेखि फुटवेयर एक्स्पो हुँदै आएको छ। 
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

विराटनगर– यही चैत ५ गतेदेखि विराटनगर विराट फुटवेयर बिजनेस एक्स्पो हुने भएको छ। विराटनगरमा ४ वर्षदेखि फुटवेयर एक्स्पो हुँदै आएको छ। 

फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन नेपालको आयोजनामा वैशाख ५ गतेसम्म फुटवेयर एक्सपो हुने आयोजक समितिले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। 

स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान भन्ने नाराका साथ एक महिनासम्म चल्ने मेलामा २ करोड बढीको कारोवार हुने आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले जानकारी दिए। उनका अनुसार मेला अवधिमा ५ हजार बढी मोडलका २ लाख ५० हजार जोर जुत्ताचप्पलको विक्री हुने अपेक्षा छ। १२ वटा कम्पनीका ६० वटा स्टल रहने संयोजक उपाध्यायले बताए। 

फुटवेयर विजनेस एक्पोमा बेस ग्लोवल प्रालि, शिखर सुज इण्डष्ट्रिज, कोशेली छाला जुत्ता उद्योग, लालीगुराँस फुटवेयर, नियासा सुज इण्डष्ट्रिज, रोयल फुटवेयर इण्डष्ट्रिज, शुभकामना फुटवेयर प्रोडक्ट, पवित्रा सुज इण्डष्ट्रिज, रन सुज इण्डष्ट्रिज, स्मार्ट सुज इण्डष्ट्रिज, जय श्री पियु टेक र सुरवी पोलमर्स कम्पनीका उत्पादन रहने मेला संयोजक उपाध्यायले जानकारी दिए। 

उनका अनुसार मेलामा १ सय देखि १० हजार सम्मका तथा १० देखि ५० प्रतिशत सम्म छुटमा जुत्ता चप्पल र लेदर बेल्ट विक्री गरिने छ।  नेपालमा रहेका लघु, साना, मझौला र ठुला गरि १ हजार ५ सय संख्यामा जुत्ता चप्पल उत्पादन गर्ने उद्योग रहेको र बार्षिक ५ करोड बढीको उत्पादन हुने गरेको मेला संयोजक उपाध्यायले बताए।

उनका अनुसार ९ करोड जोडी जुत्ता चप्पलको आन्तरिक बजारमा माग रहेको छ। जुत्ता चप्पल उद्योगमा ५५ हजार श्रमिक कार्यरत रहेको उपाध्यायले बताए।

प्रकाशित: Mar 16, 2021| 11:27 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।