सोमबार, भदौ १५, २०८३

दैलेख घटना : रजनीको शव नौ दिनपछि भेटियो 

दैलेखको आठबीस–३ निमायलकी ५ वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ।
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

सुर्खेत – दैलेखको आठबीस–३ निमायलकी ५ वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ। आमा सुकी बढुवालसँगै कर्णाली नदीमा हामफालेको नौ दिनपछि रजनीको शव भेटिएको दैलेख प्रहरीले जनाएको छ। 

मंगलबार अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली किनारमा रजनीको शव भेटिएको दैलेखका डीएसपी अनुपम श्रेष्ठले बताएका छन्।

नदी किनारमा बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शवको पहिचानपछि पोस्टमार्टमका लागि अछामको जिल्ला अस्पताल मंगलसेनमा पठाइएको प्रहरीले जनाएको छ।

फागुन २३ गते निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार सन्तानसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेकी थिइन्। 

कर्णालीमा हामफालेको भोलिपल्ट ९२४ गते० सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिता र २५ गते सुकी र १० वर्षे छोरा ललितको शव कर्णाली नदीमा भेटिएको थियो। 

घटनापछि प्रहरीले सुकीका पति मानसिंह बढुवाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ।

घरेलु हिंसाका कारण आत्महत्याको आशंका गरिएपनि आत्महत्याको कारण भने खुल्ल सकेको छैन। पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाको वास्तविकता पत्ता लाग्ने प्रहरीको भनाइ छ।
 

प्रकाशित: Mar 16, 2021| 10:48 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।