आइतबार, असार २८, २०८३

जनशक्ति अभावमा शुरु भएन बर्थिङ सेन्टर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नुवाकोट । सिक्रे स्वास्थ्य चौकीमा सबै पूर्वाधार पूरा भए पनि जनशक्ति अभावमा बर्थिङ सेन्टर सञ्चालनमा आउन सकेको छैन । 

सुरक्षित सुत्केरी सेवाका लागि बर्थिङ सेन्टरमा दक्ष प्रसूतिकर्मी छैनन् । स्वास्थ्यचौकीका इञ्चार्ज यमकुमार महतोले आगामी आर्थिक वर्षमा गाउँपालिकाले बजेट विनियोजन गर्ने भनेकाले आगामी साउनदेखि सेवा शुरु हुने विश्वास व्यक्त गरे ।

शिवपुरी गाउँपालिका-४ सिक्रे काठमाडौँबाट २८ किमीको दूरीमा भए पनि भौगोलिक रुपमा विकट छ । महतोले भने, 'जनस्वास्थ्य कार्यालयबाट पनि अनुगमन गर्न आउनुभएको छैन, बर्थिङ सेन्टर सञ्चालन गर्न अहिलेको जनशक्तिले पुग्दैन, कम्तीमा दुई जना दक्ष प्रसूतिकर्मीको आवश्यक पर्छ, गाउँपालिकाले बजेट नभएको बताएपछि आगामी आवमा सेवा शुरु गर्ने लक्ष्य छ ।' 

बर्थिङ सेन्टर सञ्चालन भएपछि चौबीसै घण्टा चल्नुपर्ने भएकाले एक जना मात्र नभई पालो गरेर ड्युटी गर्न जनशक्ति आवश्यक रहेको उनको भनाइ छ । स्वास्थ्यचौकीमा कार्यरत अनमी टीकाकुमारी खड्काले सुत्केरी हुने समय नजिकिन थालेपछि धेरैजसो काठमाडौँ जाने र अन्य सल्लीमैदानमा रहेको लिखु स्वास्थ्य चौकीमा जाने गरेको जानकारी दिए । गोरखा भूकम्पले पूर्ण रुपमा स्वास्थ्यचौकी भत्किएपछि जर्मन विकास नियोगअन्तर्गतको रिकभरी कार्यक्रममार्फत सिक्रे स्वास्थ्यचौकी प्रिफ्याब ढाँचामा पुनःनिर्माण गरिएको छ । डेढ वर्ष अस्पताल हस्तान्तरण भई सञ्चालनमा आएपछि सेवा लिन सजिलो भएको स्थानीयवासी माया गुरुङले बताए ।

'हामलिाई सजिलो भएको छ, नयाँ भवनमा पालो कुर्न बस्ने ठाउँ, शौचालयको व्यवस्था छ, रक्तचाप नाप्न, सुगर जाँच गर्न टाढा जान पर्दैन, औषधि पनि धेरै यहीँ निःशुल्क पाइन्छ', उनले भने । यो कार्यक्रमबाटै दिइएको प्रयोगशाला र एक्स–रेका उपकरण पनि भवनको अभावमा भण्डारमा थन्किएको स्वास्थ्यचौकीले जनाएको छ । 

गर्मी शुरु भएसँगै स्वास्थ्यचौकीमा बिरामी बढेका छन् । दम, उच्च रक्तचाप, घाउखटिरा, ज्वरो, झाडाबान्ता र रुघाखोकीका बिरामी धेरै आउने गरेको इञ्चार्ज महतोले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।