सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चितवन निकुञ्ज : फागुनमा तीन गैँडा, एक बाघ र एक हात्तीको मृत्यु 

चितवन निकुञ्ज : फागुनमा तीन गैँडा, एक बाघ र एक हात्तीको मृत्यु 

चितवन राष्ट्रिय राष्ट्रिय निकुञ्ज क्षेत्रमा फागुनमा तीन गैँडा तथा एक-एकवटा बाघ र हात्ती  मरेका छन्। 
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

काठमाडौं - चितवन राष्ट्रिय राष्ट्रिय निकुञ्ज क्षेत्रमा फागुनमा तीन गैँडा तथा एक-एकवटा बाघ र हात्ती  मरेका छन्। 

यस्तै निकुञ्ज क्षेत्रमा १५  चित्तल, दुई घोरल तथा एक–एक बँदेल र रतुवाको कालगति तथा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको सेनाले जनाएको छ।

सो अवधिमा पर्सा राष्ट्रिय निकुुञ्जमा दुई बँदेल, शुक्लाफाँटामा एक चित्तल, लामटाङमा एक–एक निर बिरालो, घोरल र सेतो बाँदर तथा  शिवपुरी नागार्जुन क्षेत्रमा बिरालो प्रजातिको एक जनावर मरेको अवस्थामा फेला परेका थिए। 

बर्दिया राष्ट्रिय निकुुञ्ज क्षेत्रमा एक लङ्गुर र दुुई बँदेल मृतावस्थामा फेला परेका थिए। 

बाँके राष्ट्रिय निकुुञ्ज क्षेत्रमा पाँच चित्तल, दुई–दुई बँदेल, चौका, बाँदर र बिरालो तथा एक–एक रतुुवा र  चरीबाघ सवारीसाधनको ठक्कर र जंगली कुकुरको आक्रमणबाट मारिएको सेनाले जनाएको छ। 

मकालु वरुण राष्ट्रिय निकुुञ्ज क्षेत्रमा एक मृग तथा कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा एक अर्ना र दुई हरिण पनि फागुनमा मरेका थिए।

यस्तै बाघ–गैँडा आक्रमणबाट फागुनमा तीनजनाको मृत्यु भएकाे छ। राष्ट्रिय निकुुञ्ज तथा वन्यजन्तु संंरक्षण क्षेत्रका जंगली वन्यजन्तुको आक्रमणबाट मानवीय क्षतिका घटना बढ्दै गइरहेका छन्। 

गत फागुनमा मात्रै राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र  वरपर भएका मानव–वन्यजन्तुु द्वन्द्वका घटनामा तीनजनाले ज्यान गुमाउनाका साथै चारजना घाइते भएका छन्। रासस

प्रकाशित: Mar 16, 2021| 07:07 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।