सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेता–कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन– गुटगत भेलामा नजानू

नेता–कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन– गुटगत भेलामा नजानू

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई सरकारले कामकाजी बनाउन खोजेको तर विपक्षीबाट निष्प्रभावी बनाउने प्रयास भएको तर्क गरेका छन्।
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई सरकारले कामकाजी बनाउन खोजेको तर विपक्षीबाट निष्प्रभावी बनाउने प्रयास भएको तर्क गरेका छन्।

आफ्नो निवास बालुवाटारमा चियापानका लागि भेला भएका नेकपा (एमाले) का सांसद तथा केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले त संसद्लाई कामकाजी बनाउन खोजेका हौं, तर निष्प्रभावी बनाउने प्रयास भयो। संसदलाई देशको चिन्ता गर्ने थलो बनाऊँ, स्वार्थको खिचातानीको थलो नबनाऊँ।’ 

सर्वोच्च अदालतबाट एमाले पुनर्स्थापित हुनुअघि नेकपाको दाहाल–नेपाल समूहले आफूलाई पार्टीबाट निकालेको स्मरण गर्दै उनले भने, ‘बाटोबाटै निर्णयहरु भए, आदेश, फरमानहरु जारी भए। म त कति विचरा ! साधारण सदस्यबाट समेत निष्कासित। तपाईंहरु त सदस्य त हुनुहुन्छ होला नि।’

एमालेको माधव नेपाल–झलनाथ खनालले राष्ट्रिय भेला बोलाएको सन्दर्भ उल्लेख गर्दै उनले कुनै पनि गुटगत भेलामा नजान नेता–कार्यकर्तालाई निर्देशन र चेतावनी पनि दिए। त्यस्ता गतिविधिमा संलग्न हुनेलाई संविधान,कानुन र पार्टीको विधानबमोजिम कारबाही गर्ने चेतावनी उनले दिएका छन्। अब एमालेमा जंगली राज र भाँडभैलो स्वीकार्य नहुने उनकाे भनाइ थियाे।

ओलीले भने, ‘काेही अनुशासनहीन भएमा देशको कानुन, संविधान, पार्टीको विधान, संसदको नियमावली, राजनीतिक दल सम्बन्धी ऐन छ। यी सबै कुरातिर म ध्यानाकर्षण गराउन चाहन्छु। गुटगत भेलामा सरिक नहुन सबै नेता-कार्यकर्तालाई सचेत गराउँछु।’

ओलीले आज पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरूलाई चियापानका लागि बालुवाटारमा बोलाएका थिए। फागुन २३ गते सर्वोच्च अदालतले पार्टी पूर्ववत् रुपमा नै फर्काइदिएपछि ओलीले चियापान आयोजना गरेका हुन्। 

ओलीले चैत ७ गते केन्द्रीय कमिटी बैठक पनि बोलाएका छन्। केन्द्रीय कमिटी बैठकमा पनि नजाने निर्णय असन्तुष्ट समूहले गरेको छ। 

सर्वोच्च  अदालतको फैसलापछि पहिलोपटक हिजो सोमबार पार्टी कार्यालय धुम्बाराहीमा नेताहरूबीच वार्ता भएको थियो। तर, सहमति भने हुन सकेन।

एमालेको माधव–झलनाथ पक्षले भोलि र पर्सि राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ। 

पार्टी एकता अभियान चलाइरहेका उपाध्यक्ष वामदेव गौतमले पनि आफू निकट नेता कार्यकर्ताको भेला आयोजना गरेका छन्।

प्रकाशित: Mar 16, 2021| 07:04 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।