पाल्पा - पर्यटकीय क्षेत्र पाल्पाको रामपुरमा दृश्यावलोकन स्तम्भ निर्माण सुरु गरिएको छ।
रामपुर नगरपालिका–४ को बरडाँडामा पर्यटकीय क्षेत्र विकास गर्ने उद्देश्यका साथ दृश्यावलोकन स्तम्भ निर्माण कार्य अगाडि बढाइएको छ।
नगरपालिकाको सहयोगमा बहुवर्षीय योजनाअनुरुप करिब ५० फिट अग्लो (चार तलाको) दृश्यावलोकन स्तम्भ निर्माण गर्न १६ लाख रकमबाट काम थालनी गरिएको समिति अध्यक्ष अमिर रानाले बताए। उनका अनुसार निर्माण सम्पन्न गर्न करिब ६० लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ।
बेझाड बजारदेखि सवारीसाधनमा करिब १० मिनेटको समयमा पुग्न माथिल्लो भेगमा रहेको बरडाँडा क्षेत्रबाट कालीगण्डकीबेँसीका धेरै ठाउँको दृश्यावलोकन गर्न सकिने छ।
रामपुरमा बाह्य पर्यटक भित्र्याउनका लागि दृश्यावलोकन स्तम्भ निर्माण सुरु गरिएको नगरप्रमुख रमणबहादुर थापाले बताए। रासस