सोमबार, भदौ १५, २०८३

बालुवाटारमा एमालेको चियापान, माधव-झलनाथ पक्ष नजाने 

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरूलाई आज चियापानका लागि बालुवाटारमा बोलाएका छन्।
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरूलाई आज चियापानका लागि बालुवाटारमा बोलाएका छन्।

बिहान ११ बजे प्रधानमन्त्रीले बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका हुन्।

फागुन २३ को सर्वोच्चको फैसलाले पार्टी पूर्ववतरुपमा नै फर्किएपछि ओलीले चियापान आयोजना गरेका हुन्। 

ओलीले चैत ७ गते केन्द्रीय कमिटी बैठकको पनि आयोजना गरेका छन्। उक्त बैठकअघि केन्द्रीय सदस्य र सांसदहरूसँग चियापान कार्यक्रम गर्न लागिएको हो।

अध्यक्ष ओलीले चियापान कार्यक्रम आयोजना गरे पनि माधव-झलनाथ पक्ष भने सहभागी नहुने भएको छ।

उक्त पक्षले फागुन २८ गतेको निर्णय बदर हुनुपर्ने माग गरेको छ। तर, अध्यक्ष ओलीले ती सबै विषय केन्द्रीय कमिटी बैठकमा छलफल गरिने भन्दै नेपाल पक्षको शर्त अस्वीकार गरेका छन्।

सर्वोच्च  अदालतको फैसलापछि पहिलोपटक साेमबार पार्टी कार्यालय धुम्बाराहीमा नेताहरूबीच वार्ता भएको थियो। तर, सहमति भने हुन सकेन।

एमालेको माधव-झलनाथ पक्षले भोलि र पर्सि राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ। 

आजै पार्टी एकता अभियान चलाइरहेका उपाध्यक्ष वामदेव गौतमले पनि छुट्टै आफू निकट नेता कार्यकर्ताको भेला आयोजना गरेका छन्।

प्रकाशित: Mar 16, 2021| 04:09 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।