सोमबार, भदौ १५, २०८३

यात्रु तानातान गर्ने बिचौलिया पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने ६ जना बिचौलियालाई पक्राउ गरेको छ।
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

चितवन - जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने ६ जना बिचौलियालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लमजुङ बेँसीशहर–८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका–१० का ४० वर्षीय वसन्त रानामगर, भरतपुर–१२ का ४२ वर्षीय सुजन थापामगर, भरतपुर–११ का ३२ वर्षीय दिलीप अधिकारी, भरतपुर–४ का २५ वर्षीय रोशन खत्री र कास्की पोखरा महानगरपालिका–२६ का २५ वर्षीय निशान तामाङ छन्।

उनीहरूलाई नारायणगढको पुल्चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूले यात्रु तानातान गर्ने, जथाभाबी भाडा माग्ने, यात्रु तथा सवारीसाधनलाई हैरानी पार्ने, अनावश्यक सवारीसाधन रोक्न लगाई आवागमनमा बाधा पार्ने गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए।

उनीहरूले आफ्नो कार्यक्षेत्रमा खटिएका प्रहरीलाई समेत अवरोध पुर्‍याउने गरेको उनकाे भनाइ छ। रासस

प्रकाशित: Mar 16, 2021| 03:12 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।