सोमबार, भदौ १५, २०८३

जुलोजिकल सोसाइटीको प्रदेश समिति गठन

विराटनगरमा आयोजित नेपाल जुलोजिकल सोसाइटीको प्रदेशस्तरीय भेलाले प्रदेश १ समितिको गठन गरेको छ।
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

विराटनगर- विराटनगरमा आयोजित नेपाल जुलोजिकल सोसाइटीको प्रदेशस्तरीय भेलाले प्रदेश १ समितिको गठन गरेको छ।

शालिग्राम अधिकारीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा विकास खनाल, महासचिवमा अमित ढकाल, सचिवमा रामचन्द्र अधिकारी र  कोषाध्यक्षमा मुन थापा चयन भएका छन्।

प्रदेश समितिको सदस्यहरुमा भानुकुमार भट्टराई, डा. प्रकाशकुमार यादव, सोमप्रसाद निरौला, नारायण रेग्मी, विष्णु दाहाल र कञ्चन झा चयन भएका छन्। प्रदेश १ का प्राणीशास्त्रीहरु (जुलोजिष्ट्स) को प्रदेशस्तरीय भेलाले प्रदेश समिति गठन गरेको सचिव अधिकारीले बताए।  

नवनिर्वाचित समितिलाई बधाई दिँदै नेपाल जुलोजिकल सोसाइटीका केन्द्रीय अध्यक्ष प्रा.डा. महेन्द्र महर्जनले प्रदेश १ का प्राणीशास्त्रीहरुले अनुसन्धानका माध्यमबाट देश र समाज विकासमा योगदान दिने विश्वास व्यक्त गरे।

भेलामा प्रदेश १ का करिब ७० जना प्राणीशास्त्रीहरुको सहभागिता रहेको थियो।

प्रकाशित: Mar 15, 2021| 13:33 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।