सोमबार, भदौ १५, २०८३

लहान बमकाण्डमा संलग्न रहेको आशंकामा एक जना पक्राउ

सिरहाको लहानस्थित बमकाण्डमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

जनकपुरधाम- सिरहाको लहानस्थित बमकाण्डमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी कार्यालय सिरहाबाट खटेको प्रहरी टोलीले मालपोत कार्यालयमा भएको बमकाण्डमा संलग्न रहेको हुन सक्ने आशंकामा ३९ वर्षीय बलराम मण्डललाई पक्राउ गरेको हो। मण्डल लहान नगरपालिका वडा नम्बर १८ का बासिन्दा हुन्।

उनलाई सुखीपुर नगरपालिकास्थित सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको सशस्त्र प्रहरी सिरहाका एसपी दिनेश गिरीले जानकारी दिए।

उनका अनुसार मण्डल पहिला पनि बमकाण्ड तथा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेकोले यस घटनामा पनि संलग्नता हुन सक्ने आशंकामा पक्राउ गरिएको हो।

एसपी गिरीले मालपोत कार्यालयको सीसीटिभी फुटेजको अनुसन्धान तथा मण्डलको पछिल्लो गतिविधिकै आधारमा पक्राउ गरिएको बताए।

यता जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी समूह तथा मालपोत कार्यालयमा भएको बमकाण्डमा संलग्न रहेनरहेको विषयमा अनुसन्धान भइरहेको बताइएको छ। 

यसअघि सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा परी ८ जना घाइतेको भएका थिए।

प्रकाशित: Mar 15, 2021| 13:16 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।