कैलाली– डडेल्धुरामा किशोरी बलात्कारको आरोपमा ७० वर्षीय वद्धसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको परशुराम नगरपालिकाकी १४ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा सोही ठाउँका ७० वर्षीय प्रताप भट्टराई, २८ वर्षीय बलबहादुर पुनमगर, १९ वर्षीय राजेश थापामगर, १६ वर्षीय जगदिश थापामगर र २४ वर्षीय हरिजित सिजालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
दुई महिनादेखि बलात्कार गर्दै आएको भन्दै किशोरीका दाइले जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक यज्ञराज भट्टले बताए। उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले बताए।