सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गृहमन्त्री थापा र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेटवार्ता 

गृहमन्त्री थापा र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेटवार्ता 

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि पाकिस्तानका राजदूत सयेद हैदरले आज शिष्टाचार भेटवार्ता गरेका छन्।
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

काठमाडौं- गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि पाकिस्तानका राजदूत सयेद हैदरले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो।

भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूतको रुपमा कार्यभार सम्हालेकोमा हैदरलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै राजदुत हैदरकोे कार्यकालमा नेपाल पाकिस्तान सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे।

भेटमा गृहमन्त्री थापाले नेपाल र पाकिस्नाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

उनले केही समयअघिमात्रै नेपाली पर्वतारोही टोलीले पाकिस्तानमा रहेको विश्वकै दोस्रो सर्वोच्च शिखर केटुको हिउँदमा सफल आरोहण गरेको स्मरण गर्दै सो कार्यमा पाकिस्तान सरकारले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे।

उनले नेपाल र पाकिस्तानबीच सुरक्षा क्षेत्रमा प्रविधि, तालिम, अनुभव लगायतमा सहयोग आदानप्रदान बढाउँदै लैजानुपर्ने बताए।

राजदूत हैदरले नेपाल–पाकिस्तान सम्बन्धको चर्चा गर्दैै आफ्नो कार्यकालमा नेपाल–पाकिस्तान सम्बन्ध थप मजबुत बनाउन आफूले सक्दो पहल गर्ने बताए।

उनले नेपालको विकास र समृद्धिमा पाकिस्तान सहकार्य गर्न तयार रहेको बताउँदै नेपाललाई बिभिन्न क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे।

राजदूत हैदरले नेपालीहरुको क्रिकेट खेलप्रतिको आकर्षणबाट आफू प्रभावित भएको भन्दै नेपालमा क्रिकेटको विकासका लागि पाकिस्तान सहयोग गर्न ईच्छुक रहेको बताए।

उनले आगामी दिनमा नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउँदै लैजान आवश्यक रहेको टिप्पणी गरे।

प्रकाशित: Mar 15, 2021| 10:30 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।