सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माओवादी केन्द्रले केन्द्रीय नेतालाई प्रदेश र जिल्लामा परिचालन गर्ने

माओवादी केन्द्रले केन्द्रीय नेतालाई प्रदेश र जिल्लामा परिचालन गर्ने

‘निर्धारित जिम्मेवारी अनुसार जिल्लाजिल्ला र प्रदेशमा जानुहुनेछ र उहाँहरूले तलसम्म एकसरो संगठनात्मक काम गर्नुहुनेछ।’
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

काठमाडौं– माओवादी केन्द्र सांगठनिक गतिविधिमा सक्रिय हुने भएको छ। केन्द्रको सोमबार बसेको बैठकले सांगठनिक गतिविधि सञ्चालन गर्न केन्द्रीय नेताहरूलाई जिल्ला र प्रदेशमा परिचालन गर्न लागेकाे हाे ।  

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘निर्धारित जिम्मेवारी अनुसार जिल्लाजिल्ला र प्रदेशमा जानुहुनेछ र उहाँहरूले तलसम्म एकसरो संगठनात्मक काम गर्नुहुनेछ।’

त्यसपछि फेरि केन्द्रीय बैठक बस्ने र राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिने प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए।

बैठकले पार्टीलाई पुरानै अवस्थामा फर्काउने सर्वोच्च अदालतको आदेशमा पुनरावलोकन गर्ने र तत्कालिक राजनीतिक परिदृश्यसँग जोडिएका कार्यभार पूरा गर्न संसद्मा भएका तीन मुख्य पार्टीसँग वार्ता तीव्र पार्ने निर्णय गरेको छ। 

यस्तै माओवादी केन्द्र छाडेका केन्द्रीय नेताहरूले जबाफ नदिएकाले  उनीहरूका सम्बन्धमा छिट्टै निर्णय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए। 

उनले अन्य दलसँग जारी वार्तालाई निष्कर्षमा पुर्‍याउन, बैठकमा छलफल बढी समय लाग्ने देखिएकाले र तत्काल सांगठिनक कार्यमा पनि लाग्नुपर्ने भएकाले केही दिन केन्द्रीय कमिटी स्थगित गरिएको जानकारी दिए। 

आजको बैठकमा २० केन्द्रीय सदस्यले आआफ्नो धारणा राखेका थिए। उनीहरूले क्रान्तिकारी पार्टी निर्माणको कोणबाट रूपान्तरण गर्दैै अघि बढ्नुपर्ने, वैचारिक कार्यदिशालाई अझ स्पष्ट बनाएर पार्टीलाई विधि र पद्धतिअनुसार संस्थागत सामूहिक ढंगले चलाउनुपर्नेमा जोड दिएका थिए।

यस्तै विगतका कमीकमजोरीलाई समीक्षा र रुपान्तरण गरेमात्र क्रान्तिकारी पार्टीको रुपमा स्थापित हुन सक्ने उनीहरूको भनाइ थियो। 

अदालतको राजनीतिक प्रकारको गलत आदेशअनुसार पूर्व पार्टीमै फर्किए पनि एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने पहल सही रहेको र त्यसलाई जारी राख्नुपर्ने धारणा उनीहरूले राखेका थिए।  

प्रकाशित: Mar 15, 2021| 10:21 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।