सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विवाद मिलाउन कार्यदल बनाउने नेपालको प्रस्ताव अस्वीकृत

विवाद मिलाउन कार्यदल बनाउने नेपालको प्रस्ताव अस्वीकृत

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि कार्यदल बनाउन सकिने प्रस्ताव गरेका छन्।
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

काठमाडौं– नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि कार्यदल बनाउन सकिने प्रस्ताव गरेका छन्।

आज सोमबार धुम्बाराहीमा भएको पार्टी अध्यक्ष केपी ओली समूहसँगको छलफलमा उनले कार्यदल बनाएर अघि बढ्न सकिने प्रस्ताव राखेका हुन्। तर, आफ्नो प्रस्तावमा सहमति नजुटेको नेपालले सुनए। 

बैठकपछि बाहिरिने क्रममा उनले सर्वोच्च अदालतको फैसलापछि संरचना र पदाधिकारीको हिसाबले एमाले साविककै अवस्थामा फर्किनुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले फागुन २८ गते गरेको निर्णय वैधानिक नभएको उनले दोहोर्याए। ‘२८ गतेको बैठक वैधानिक छैन। त्यसलाई शून्य अवस्थामा लैजाऔँ। त्यसपछि बसेर छलफल गरौं। कार्यदल पनि बनाउन सकिन्छ,’ छलफलमा आफूले भनेको उद्धृत गर्दै नेपालले भने।

आजको छलफलमा अध्यक्ष ओली, वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरू सुवास नेम्बाङ, रघुजी पन्त, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, प्रदीप ज्ञवाली लगायत सहभागी थिए।
 

प्रकाशित: Mar 15, 2021| 09:00 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।