शुक्रबार, असार ५, २०८३

'मान्छे मार्न पाइँदैन, सैनिक शासन चाहिँदैन'

म्यानमारमा भइरहेको हिंसाको विरोधमा काठमाडौंस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन भएको छ।
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

काठमाडौं– म्यानमारमा भइरहेको हिंसाको विरोधमा काठमाडौंस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन भएको छ।

National life

मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा विरोध प्रदर्शन भएको हो।

प्रदर्शनमा सहभागीहरुले मान्छे मार्न पाइँदैन, सैनिक शासन चाहिँदैन, हत्या दमन बन्द गर, मानव अधिकारको सम्मान गर आदि लेखिएका प्लाकार्ड बोकेका थिए। 

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, समाजका सल्लाहकार एवं निवर्तमान सभापति उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेल, पूर्व महासचिव कुमारराज सुवेदी, सचिवद्वय नम्रता खरेल र बन्दना सिंह, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा र सरस्वती ढकाल, सदस्यहरु बलबहादुर गाहा मगर, नानीकाजी गिरी, ईश्वर पुडासैनी, बटुकृष्ण ढुंगेल, गीता तिमल्सिना, दुर्गा राना, उमा गौतमसहित ६ दर्जन बढी अधिकारकर्मीहरुको सहभागिता थियो।

यसैगरी चितवन, बागलुङ, रुपन्देही, तेह्रथुम, पाल्पा र संखुवासभामा पनि चैत २ गते शान्ति समाजका शाखाहरुले बर्मामा भइरहेको हत्या र दमनको विरोध गर्दै लोकतन्त्र वहालीका लागि आग्रहसहित प्रदर्शन गरेका छन्।
 

Shivam cement

म्यानमारको मुख्य सहर यंगुनमा भएको हिंस्रक झडपमा हिजोमात्री कम्तीमा २१ प्रदर्शनकारीको मृत्यु भएको थियो। सुरक्षा अधिकारीहरूले यंगुनको हलिङ थारयार क्षेत्रमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि गोली चलाएका थिए। 

प्रदर्शनकारीले पनि लाठी र चक्कुको प्रयोग गरेका थिए। फेब्रुअरी १ को सैन्य कू पछि म्यानमारमा लगातार विरोध प्रदर्शन भइरहेको छ।

सेनाले नेतृ आङ सान सुकीलगायतका नेताहरूलाई गिरफ्तार गर्दै सत्ता आफ्नो हातमा लिएको थियो। 

गत वर्ष भएको चुनाव फर्जी भएको जनाउँदै सेनाले सत्ता आफ्नो हातमा लिएको हो। 

प्रकाशित: Mar 15, 2021| 08:45 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।