कैलाली - दार्चुलामा ढुंगा लागेर एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका-८, थक्तोलीका ४५ वर्षीय वीरराम टमटा रहेको प्रहरीले जनाएको छ।
आज बिहान दार्चुला-गोकुलेश्वर सडक खण्डको किनारमा गिट्टीका लागि ढुंगा निकाल्ने क्रममा माथिबाट खसेको ढुंगाले च्याप्दा टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकृत प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए।
टमटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।