सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारको नेतृत्वबाहेक कांग्रेसले अरु सोच्दैन : डा महत

सरकारको नेतृत्वबाहेक कांग्रेसले अरु सोच्दैन : डा महत

नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताएका छन्।
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

कैलाली– नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताएका छन्।
नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताए।

उनले भने, “त्यो लक्ष्यबाट दायाँबायाँ गर्दैनौं।” उनले अहिले निर्वाचन नहुञ्जेलको अवस्थामा के गर्ने भन्ने कुरा संसद्को अङ्कगणितले निर्धारण गर्ने जनाए।    

उनले भने, “त्यो अङ्कगणित स्वाभाविक रुपमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा आयो भने कांग्रेसले त्यसको नेतृत्व लिन्छ र लिनुपर्छ भन्ने पार्टीमा आम राय छ।”

नेता महतले कांग्रेस अरु कसैको नेतृत्वमा तथा अरुलाई समर्थन गरेर सरकारमा नजाने स्पष्ट पारे।
–रासस

प्रकाशित: Mar 15, 2021| 05:59 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।