सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाउने

राष्ट्रपति भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाउने

राष्ट्रपति विद्यादेवी भण्डारीले आज (सोमबार) कोभिड-१९ विरुद्धको खोप लगाउने भएकी छन्। 
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आज (सोमबार) कोभिड-१९ विरुद्धको खोप लगाउने भएकी छन्। 

खोप अभियानको दोस्रो चरणको प्राथमिकताअनुसार राष्ट्रपति भण्डारीले आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर खोप लगाउने कार्यक्रम छ। 

पहिलो चरणमा माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको सरकारले फागुन २३ देखि दोस्रो चरणको अभियान सुरु गरेको छ। 

आज दोस्रो प्राथमिकतामा परेकाहरूको पहिलो चरण खोप कार्यक्रम कार्यक्रम सुरु भएको १० दिन पुगेको छ। 

दोस्रो चरणअन्तर्गत ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिन थालिएको छ। 

दोस्रो चरणको खोप अभियान सुरु भएकै दिन फागुन २३ मा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोरोनाविरुद्धको खोप लगाएका थिए।

प्रकाशित: Mar 15, 2021| 05:06 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।