सोमबार, भदौ १५, २०८३

कर्णालीमा धमाधम प्रहरीका संरचना बनाइँदै 

सरकारले प्रहरीका संरचना निर्माणका लागि साढे २२ करोड बजेट छुट्याएको छ। 
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

सुर्खेत– कर्णाली प्रदेशमा विभिन्न जिल्लामा १४ वटा भवन, एक/एक वटा तालिम केन्द्र, पर्वतीय प्रदेश प्रहरी प्रतिष्ठान निर्माण थालिएको छ। 

सरकारले प्रहरीका संरचना निर्माणका लागि साढे २२ करोड बजेट छुट्याएको छ। 

पर्वतीय प्रदेश प्रष्तिष्ठान, प्रहरी तालिम केन्द्र निर्माणका लागि कुल नौ करोड ९३ लाख बजेट प्रदेश प्रहरीलाई अख्तियार दिइएको आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताए। 

वहुवर्षीय आयोजनाअन्तर्गत निर्माण थालिएका १४ वटा प्रहरी, भान्साघर र शौचालयसमेत निर्माण सम्पन्न गर्न १२ करोड ५९ लाख बजेट मन्त्रालयले प्रहरीलाई अख्तियारी दिएको छ।

सुर्खेतको प्रहरी चौकी रामघाट भवन, भान्सा घर र शौचालय, दैलेखमा इलाका प्रहरी कार्यालय राकमकर्णाली भान्साघर, शौचालय र भवन बनाउन लागिएको हो। 


जिल्ला प्रहरी कार्यालय सल्यानको निर्माणाधीन भवन।

यस्तै जाजरकोटको प्रहरी चौकी जगतीपुरको भवन, रुकुमपश्चिमको सिम्रुतुमा प्रहरी चाैकी भवन, सल्यानमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय देवस्थलको भवन निर्माण सम्पन्न गरिने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक अर्जुन चन्दले जनाए। 

मुगुको प्रहरी चौकी कालै, जिल्ला प्रहरी कार्यालय जुम्ला, जिल्ला प्रहरी कार्यालय डोल्पा, डोल्पाकै प्रहरी चौकी धो, कालिकोटको इलाका प्रहरी कार्यालय थिर्पु र रास्कोट भवनसमेत निर्माण गरिनेछ। 

ती प्रहरी भवन निर्माणमा कानुनी जटिलताका छ। प्रहरी तालिम केन्द्र निर्माणका लागि भने र पर्वतीय प्रहरी प्रतिष्ठान निर्माणका लागि जग्गा खोजी भइरहेको छ।

रुकुम पश्चिमस्थित सिम्रुतुमा निर्माणाधीन प्रहरी चौकी।

 

प्रकाशित: Mar 15, 2021| 04:52 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।