सोमबार, भदौ १५, २०८३

ओली र नेपालबीच भेटवार्ता हुँदै

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदै छ। 
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदै छ। 

अहिले बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा ओली र नेपालबीच भेटवार्ता हुन लागेको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए।

भेटमा महासचिवलगायतका केही नेताहरू पनि सहभागी हुने बताइएको छ। 

सर्वोच्च अदालतको फैसलापछि दुई नेताबीच पहिलोपटक भेट हुन लागेको हो।

अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि माधव-झलनाथ पक्ष पुनः एमालेतिर फर्किएका छन्। 

एमालेभित्र ओली र माधव-झलनाथ पक्षबीच तीव्र विवाद छ। साे पक्षले समानान्तर कमिटीकाे अभ्यास पनि थालिसकेकाे छ। 

नेकपा एमाले अध्यक्ष ओलीले माधव–झलनाथ पक्षका नेताहरूको जिम्मेवारी खोस्दै आफू निकटका नेतालाई जिम्मेवारी दिएपछि माधव–झलनाथ पक्षले समानान्तर कमिटीकाे अभ्यास थालेकाे हाे। जसअनुसार सातै प्रदेश कमिटी, विभिन्न विभाग छुट्टै गठन गरिएकाे छ।

प्रकाशित: Mar 15, 2021| 04:50 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।