सोमबार, भदौ १५, २०८३

ट्रक र जीप ठोक्किँदा चितवनमा एकजनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। 
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

चितवन - पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा धादिङको धुसा गाउँपालिका-१ का २७ वर्षीय महेश फुयाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काँकडभिट्टाबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख १४२० नम्बरको तरकारी बोकेको ट्रक र विपरीत दिशाबाट गइरहेको बा १८ च १३७१ नम्बरको जीप राप्ती नगरपालिका–३, मार्तलपुल नजिक एकापसमा ठाेक्किएकाे हाे।

ठक्करबाट तरकारी बोकेको ट्रक सडकबाट १० मिटर तल खस्दा चालक फुयालको घटनास्थालमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी सहचालक तनहुँको बन्दीपुर गाउँपालिका–५ का २७ वर्षीय विवेक थापा घाइते भएको प्रहरीले जनाएको छ। 

घाइते थापाको पुरानो मेडिकल कलजेमा उपचार भइरहेको छ। 

ट्रक, जीप र चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा छन्। 

घटना आज बिहान ३ः१५ बजे भएको हो।

प्रकाशित: Mar 15, 2021| 04:44 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।