काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ।
बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो।
आइतबारदेखि सुरु भएको बैठकमा ६ बुँदे कार्यसूची पारित गरिएको छ।
पहिलो दिनको बैठकमा श्रद्धाञ्जली र रिपोर्टिङको काम भएको थियो।
आजदेखि अन्य कार्यसूचीमा बैठक प्रवेश गर्नेछ।
आजको बैठकमा केन्द्रीय सदस्यहरूले पनि आफ्नो धारणा राख्ने नेकपा माओवादी केन्द्रले जनाएको छ।
वर्तमान राजनीतिक परिस्थिति, पार्टीको अवस्था र नेपाली कम्युनिष्ट आन्दोलनको स्थिति, संगठनात्मक स्थितिबारे छलफल हुने बताइएको छ।