सोमबार, भदौ १५, २०८३

निष्प्रभावी बजार अनुगमन, कर्मकाण्डी अधिकार दिवस

नियमनकारी निकायले प्रभावकारी अनुगमन गर्न नसक्दा महँगीको मारमा परेका उपभोक्ताले नक्कली र म्याद नाघेका वस्तुसमेत उपभोग गर्नुपरेको छ।
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

काठमाडौं– गत साउन १८ गते १०४ रुपैयाँ प्रतिलिटर रहेको पेट्रोलको मूल्य अहिले ११६ रुपैयाँ पुगेको छ। ९० रुपैयाँमा पाइने डिजेललाई ९९ रुपैयाँ तिर्नुपर्छ। साउन १८ मा १३७५ रुपैयाँमा पाइने ग्यास सिलिन्डर अहिले १४०० छ। 

यो त भयो इन्धनको कुरा। खाद्यान्नमा पनि मूल्यवृद्धि अचाक्ली छ। गएको मंसिर अन्तिम सातासम्म प्रतिलिटर १५० रुपैयाँ रहेको भटमास तेलको मूल्य अहिले २२० रुपैयाँ प्रतिलिटर पुगेको छ। सनफ्लावर तेलको मूल्य मंसिर अन्तिम साता प्रतिलिटर १५५ रुपैयाँ रहेकोमा अहिले २३० रुपैयाँ पुगेको छ। खुद्रा व्यापार संघका अनुसार नेपाली बजारमा भटमास र सनफ्लावर तेल तुनात्मक रुपमा बढी बिक्री हुन्छ।

संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यका अनुसार नेपाली बजारमा चामलको पनि मूल्य बढेको छ। बढी बिक्री हुने मन्सुली र बागमती चामलको मूल्य गत मंसिरको तुलनामा बोरामा सय रुपैयाँसम्मले बढेको छ। मुसुरोको दालको भने एक वर्षयता भाउ खासै बढेको छैन। 

कात्तिक–मंसिरयता बढेको निर्माण सामग्री सिमेन्ट र डण्डीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। यद्यपि पुरानै मूल्यमा भने फर्किसकेको छैन।

चिनीको मूल्य पनि साल्ट ट्रेडिङ कर्पोरेसनले भनेको भन्दा निकै बढी छ बजारमा। कर्पोरेसनले चिनीको मूल्य ७७ रुपैयाँ प्रतिकिलो तोकेको छ। तर, बजारमा उपभोक्ताले ९० रुपैयाँसम्म तिर्नु परेको छ।

दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीसम्मको अस्वभाविक मूल्यवृद्धि भएको विषयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग जानकार नभएको होइन। बेलाबेलामा अनुगमन पनि गर्छ। तर, मूल्यवृद्धिको यकिन कारण पत्ता लगाउन नसकेपछि अनुगमन नै स्थगित गरिएको उपभोक्ता अधिकारर्कीहरुको टिप्पणी छ।

नियमनकारी निकायले प्रभावकारी अनुगमन गर्न नसक्दा महँगीको मारमा परेका उपभोक्ताले नक्कली र म्याद नाघेका वस्तुसमेत उपभोग गर्नुपरेको छ। ‘केही महिनाअघि कलंकीबाट नक्कली सामान वाणिज्य विभागले बरामद गरेको खबर बाहिरिएको थियो। त्यसको कारवाही कहाँ पुग्यो ?’ खुद्रा व्यापार संघका पूर्वअध्यक्ष बज्राचार्य प्रश्न गर्छन्।

उनका अनुसार अहिले पनि म्याद नाघेका उपभोग्य सामान बजारमा छ्यापछ्याप्ती छन्। ठूला व्यापारीले नै म्याद नाघेका वस्तु बजारमा पठाउने गरेको उनी बताउँछन्।

यही सेरोफेरोमा आज सोमबार उपभोक्ता अधिकार दिवस मनाइँदैछ। प्रत्येक वर्ष मार्च १५ मा अन्तर्राष्ट्रिय स्तरमै मनाइँदै आएको उपभोक्ता दिवसको नारा यस वर्ष ‘प्लास्टिक प्रयोग निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ। विभागका प्रवक्ता शिवराज सेढाईंले सम्बन्धित क्षेत्रका विज्ञहरुसँग छलफल गरी दिवस मनाउन लागिएको बताए। 

सरकारले निष्प्रभावी अनुगमन गर्ने र कर्मकाण्डी अधिकार दिवस मनाउने काममात्र गर्दै आएको उपभोक्ता अधिकारकर्मी बताउँछन्। सरकारी संयन्त्र नै कालोबजारिया र बिचौलियासँग मिल्दाको परिणाम उपभोक्ताले वर्षभरि दुःख पाएको गुनासो उनीहरुको छ।

प्रकाशित: Mar 15, 2021| 02:10 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।