सोमबार, भदौ १५, २०८३

नागढुंगा–कलंकी सडकखण्डमा वृक्षारोपण गरिने

चन्द्रागिरि नगरपालिकाले नागढुंगा–कलंकी सडकखण्डमा वृक्षारोपण गरिने भएको छ।
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

काठमाडाैं - चन्द्रागिरि नगरपालिकाले नागढुंगा–कलंकी सडकखण्डमा वृक्षारोपण गरिने भएको छ।

काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले हरियाली र नमुना नगरपालिका निर्माणका लागि राजमार्गको बीच भागमा वृक्षारोपण गर्न लागेको हो। 

नगरपालिकाका प्रमुख घनश्याम गिरीले नागढुंगा–कलंकी सडकखण्डमा बोटबिरुवा र फूलहरू रोप्नका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा ५० लाख रकम विनियोजन गरेको जानकारी दिए।

देशको राजधानी भित्रिने मुख्य राजमार्गलाई नमुना राजमार्ग बनाउन बिरुवा रोप्ने र तारजाली हाल्ने काम सुरु गर्न लागेकाे उनकाे भनाइ छ। 

यस्तै चन्द्रागिरिले नागढुंगा–कलंकी सडकखण्ड सरसफाइका लागि २० लाख रूपैयाँ विनियोजन गरेको छ।

सडक सरसफाइ र बोटबिरुवा संरक्षणका लागि नगरपालिकाले उक्त रकम विनियोजन गरेको छ।

चन्द्रागिरिमा हुने अपराध नियन्त्रणका लागि एक करोड लागतमा ६८ वटा अत्याधुनिक सिसी क्यामरा जडान गरेको नगरपालिकाले पिपलामोडदेखि कलंकीसम्म ७०० वटा सडक बत्ती जडान गर्न लागेको छ। 

चन्द्रागिरिले सडकबत्ती जडानका लागि चालू आर्थिक वर्षमा एक करोड रूपैयाँ विनियोजन गरेको छ।

यसअघि नगरपालिकाले नगरस्तरीय अस्पताल निर्माण गरी बिरामीलाई अस्पताल आउन सहजताका लागि एम्बुलेन्ससमेत खरिद गरिसकेको छ भने चन्द्रागिरिभित्र हुने आगलागीका घटना नियन्त्रणका लागि दमकल पनि खरीद गरी सञ्चालनमा ल्याइसकेको छ। 

चन्द्रागिरिले चालू आवभित्रै नगर प्रहरी राख्ने तयारी थालेको छ।

चन्द्रागिरि नगरपालिका काठमाडौं उपत्यकाभित्रको सबैभन्दा ठूलो नगरपालिका हो। यस नगरपालिकामा रहेका १५ वडामध्ये १२ वडा राजमार्ग क्षेत्रमा पर्दछन्। 

प्रकाशित: Mar 15, 2021| 00:41 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।