शुक्रबार, वैशाख १४, २०८१

फरार भएका ४२ जनालाई पक्राउ गरेर जेल चलान

जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न आपराधिक घटनामा संलग्न भई फरार रहेका ४२ प्रतिवादीलाई पक्राउ गरेको छ। 
 |  आइतबार, चैत १, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०७७

काभ्रे- जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न आपराधिक घटनामा संलग्न भई फरार रहेका ४२ प्रतिवादीलाई पक्राउ गरेको छ। 

triton college

अदालतले मुद्दाको फैसलापछि फरारमा सूचीकृत ४२ प्रतिवादीलाई पक्रेर कैद तथा जरिवाना बेरुजु फछ्र्योटका लागि जिल्ला अदालत धुलिखेलमार्फत प्रहरीले कारागार चलान गरेको हो। 

पक्राउ परेकामा दुईदेखि छ वर्षसम्म फरार रहेकासमेत छन्। काभ्रेपलाञ्चोक प्रहरीले फागुन महिनामा फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गर्दा विभिन्न मुद्दाका ४२ फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी कुमारविक्रम थापाले जानकारी दिए। 

उनका अनुसार पक्राउ पर्नेहरु लागुऔषध, वनपैदावार हानि–नोक्सानी, जातीय छुवाछूत तथा भेदभाव, बहुविवाह, चोरी–निकासी, ठगी, केही सार्वजनिक अपराध, सवारी ज्यान, सरकारी छाप दस्तखत कीर्ते मुद्दामा अदालतले फैसला सुनाइएका थिए। 

प्रहरीले एक महिनाको अवधिमा ११ महिलासहित ४२ फरार प्रतिवादीलाई पक्राउ गरेको हो। काभ्रेपलाञ्चोक प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानकै रुपमा सञ्चालन गरेको र यसलाई निरन्तरता दिने योजना बनाएको जिल्ला प्रहरी प्रमुख भुपेन्द्रबहादुर खत्रीले बताए। 

corrent noodles
Metro Mart

उनका अनुसार अदालतबाट आएको फरार प्रतिवादी लगतका आधारमा प्रहरीले फरारको खोजतलास गर्दछ। फरार प्रतिवादी खोजतलासका क्रममा पक्राउ गरी कैद तथा जरिवाना बेरुजु फछ्र्योटका लागि जिल्ला अदालत धुलिखेलमार्फत कारागार पठाइने गरिन्छ। अन्य जिल्ला तथा उच्च अदालतले कैद तथा जरिवाना बेरुजु फछ्र्योटका लागि फरार रहेकाको खोजबिन गर्न आउने परिपत्रका आधारमा समेत खोजतलास गर्नुपर्ने खत्रीले बताए।

‘अन्य जिल्लामा फैसला सुनाएका प्रतिवादी यहाँ आएर लुक्नेसमेत गरेको पाइएको छ, हामीलाई अदालतबाट आएका लगतका आधारमा सबै फरारलाई पक्रन सफल भएका छौँ’, खत्रीले भने। उनले गत पुस अन्तिम साता काभ्रेपलाञ्चोक प्रहरीप्रमुख भएर आएलगत्तै फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेका हुन्। रासस

प्रकाशित: Mar 14, 2021| 14:48 आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।