सोमबार, भदौ १५, २०८३

भेदभाव हटाउन बुटवलमा समता भोज 

बुटवलमा जातीय विभेद अन्त्यका लागि समता भोज गरेर सामाजिक सुधारको अभियानलाई निरन्तरता दिइएको छ।
 |  आइतबार, चैत १, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०७७

बुटवल- बुटवलमा जातीय विभेद अन्त्यका लागि समता भोज गरेर सामाजिक सुधारको अभियानलाई निरन्तरता दिइएको छ।

वुटवलमा भएको राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम महाधिवेशनको सन्दर्भ पारेर मानव अधिकार तथा शान्ति समाजको समन्वय तथा विभिन्न सञ्चारमाध्यमहरुले आइतबार संयुक्त रुपमा समता भोज गरेका हुन्।

कानुनी रुपमा विभेद अन्त्यको घोषणा गरिए पनि अझै समाजमा विभेद कायम रहेकाले यसको अन्त्यका लागि मानवअधिकारकर्मी र सञ्चारगृहले समता भोज गरेर सामाजिक आन्दोलनको सुरुवात गरेका हुन्। मन्त्री, सांसद, प्रहरी, मानव अधिकारकर्मी, पत्रकार, सरकारी उच्च तहका कर्मचारी र नागरिक समाजका अगुवाहरुको सहभागितामा समताभोज गरिएको थियो।

कार्यक्रममा प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले जातीय आधारमा हुने भेदभाव कानुनी रुपमा दण्डित हुने बताए। उनले सामाजिक रुपमा अशिक्षाका कारण भेदभाव भएको बताउँदै कानुन कार्यान्वयनमा जोड दिए। 

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले सामाजिक आन्दोलनको शुरुवात आफैबाट सुरु गर्न समता भोजको आयोजना गरिएको बताए। 

कार्यक्रममा प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानेले बोल्दै संविधानतः नेपाल छुवाछुतमुक्त देश भएको भन्दै विभेद अन्त्यका लागि सबैको साझा पहल आवश्यक रहेको बताए।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडी, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईलगायतले बोल्दै बुटवलबाट छुवाछुतविरुद्ध गैरदलित समुदायले नै पहलकदमी लिनुपर्ने बताए।

जातका आधारमा गरिने विभेदभन्दा सामाजिक कलंक अरु कुनै हुन नसक्ने उनले बताए। उक्त समता भोजमा राष्ट्रिय दलित पत्रकार संघका नवनिर्वाचित कार्यसमितिाई स्वागत गर्दै समता भोजमा सरिक गराइएको थियो। 

कार्यक्रममा केन्द्रीय सचिव मिना कुमारी ढकाल, काग्रेस नेता हरि बहादुर आचार्य, माओवादी केन्द्रका रामप्रसाद बन्जाडे, शान्ति समाज रुपन्देहीका अध्यक्ष धनपति खनाल, लालहरि पाण्डे, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रविण पोखरेललगायतले भनाइ राखेका थिए।

शान्ति समाज केन्द्रीय समितिको समन्वयमा भएको समता भोजमा दैनिकपत्र दैनिक, बुटवल एफएम, जागरण मिडिया सेन्टर, बुद्ध टिभी, नागरिक अनलाइन, तिलोत्तमा राष्ट्रिय दैनिकलगायतका सञ्चार माध्यमको सहभागिता थियो।

प्रकाशित: Mar 14, 2021| 13:50 आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।