सोमबार, भदौ १५, २०८३

राष्ट्रिय दलित पत्रकार संघमा दोहोरिए पहाडी 

राष्ट्रिय दलित पत्रकार संघ नेपालको बुटवलमा सम्पन्न प्रथम अधिवेशनले विनोद पहाडीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।
 |  आइतबार, चैत १, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०७७

बुटवल- राष्ट्रिय दलित पत्रकार संघ नेपालको बुटवलमा सम्पन्न प्रथम अधिवेशनले विनोद पहाडीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। पहाडी संघको संस्थापक अध्यक्ष हुन्। 

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा गोपाल बराइली, खुला उपाध्यक्षमा मिलन परियार, प्रदेश उपाध्यक्षहरुमा पर्वत पोर्तेल (प्रदेश १), भोला पासवान (२), बुद्धि विश्वकर्मा (बागमती), दीपक परियार (गण्डकी), विनोद परियार (लुम्बिनी), टेकेन्द्र विश्वकर्मा (कर्णाली) र करन ताम्राकार (सुदूरपश्चिम) सर्वसम्मत चयन गरेको छ। महासचिवमा लक्ष्मण दर्नाल सर्वसम्मत भएका छन् भने सचिवहरुमा सन्तोष गन्धर्व, रीता बुढाथोकी र बिरु नेपाली चयन भएका छन्।

कोषाध्यक्ष भीमबहादुर घिमिरे निर्वाचित भएका छन्। संघमा पदाधिकारीसहित ४१ सदस्यीय केन्द्रीय कमिटी रहेका छन्। त्यस्तै अधिवेशनले मधु शाहीको नेतृत्वमा अनुशासन आयोगसमेत गठन गरेको छ।

केन्द्रीय सदस्यमा खुल्लातर्फ अमर सुनार, प्रेम सुनार, सरिता बराइली, मानसिङ बिक, सञ्जय सौगात, राधेश्याम बिक, प्रमिण गजमेर, पीवी दियाली, फुलु सुनार, राजेश सुनाम, वसन्त बिक, भीमबहादुर नेपाली गन्धर्व, राजन गाउँले, वसन्त बिश्वकर्मा, किशान संगीत नेपाली चयन भएका छन्।

महिला सदस्य पूर्णिमा जनला, राधा नेपाली, अनिता कुमारी, सुनिता नेपाली, शान्ति गजमेर र मालती बिक चयन भएका छन्। नवनिर्वाचित केन्द्रीय समितिलाई निर्वाचन मण्डलका सदस्य यमलाल भुसालले जानकारी दिए।

महाधिवेशनले १२ बुँदे बुटवल घोषणापत्र जारी गरेको छ। देशभर एक वडा एक दलित पत्रकार बनाउने अभियानलाई समेत पारित गरेको छ।

राष्ट्रिय दलित पत्रकार संघमा देशैभर छरिएका दलित पत्रकारलाई समावेश गर्ने, दलित समुदायका मुद्दा प्रकाशन तथा प्रसारणका लागि सम्बन्धित सञ्चार माध्यमका सम्पादकसँग छलफल र समन्वय गर्ने, दलितमैत्री वातावरण सिर्जना गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध बढाउने पारित घोषणा पत्रमा उल्लेख गरिएको छ। 

आसन्न पत्रकार महासंघको निर्वाचनमा महासंघले छुट्याएको दलित तथा समावेशी कोटामा महासंघमा आबद्ध दलित पत्रकारहरु प्रजातान्त्रिक तथा वामपन्थी नामका विभिन्न प्यानलहरुमा विभक्त नहुने गरी पत्रकार महासंघले यो संघको सिफारिसमा पठाइएका साझा आधिकारीक उम्मेदवारहरुलाई उठाउने सुनिश्चितताको लागि पहल गर्नसमेत माग गरेको छ।

प्रकाशित: Mar 14, 2021| 13:35 आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।