सोमबार, भदौ १५, २०८३

हत्या अभियोगमा युवक पक्राउ

जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको ५७ दिनपछि हत्या अभियोगमा एक युवकलाई आज सार्वजनिक गरेको छ।
 |  आइतबार, चैत १, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०७७

काठमाडौं- जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको ५७ दिनपछि हत्या अभियोगमा एक युवकलाई सार्वजनिक गरेको छ।

प्रहरीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको भन्दै गुल्मीदरबार गाउँपालिका-१ का ३१ वर्षीय पोमबहादुर घर्तीलाई सार्वजनिक गरेको हो। 

घर्तीलाई गत माघ १० गते जंगलमा शिकार खेल्ने क्रममा रेसुंगा नगरपालिका-१४ पराल्मीका ४५ वर्षीय तुलबहादुर विकको हत्या गरेको अभियोगमा आज प्रहरीले सार्वजनिक गरेको हो।

गत माघ ३ गते बिहान घरबाट घाँस काट्न भनी जङ्गल गएका विक रेसुंगा नगरपालिका–१ बलिथुमस्थित औरबीखोलामा दिउँसो २ बजे छातीमा बन्दुक लागेको अवस्थामा मृत फेला परेका थिए।

अनुसन्धानका क्रममा हत्याका अभियुक्त घर्तीले विकलाई शिकार खेल्ने क्रममा झुक्किएर बन्दुकले लागेको प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।

प्रहरीले उक्त घटनामा प्रयोग गरिएको भरुवा बन्दुकसमेत आज बिहान जङ्गलमा तीन टुक्रा पारी छुट्टाछुट्टै स्थानमा लुकाइराखेको अवस्थामा बरामद गरेको थियो।

जिल्लामा पछिल्लो समयमा आपराधिक घटनाहरु बढ्दै गएको र प्रहरीले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिन नसकेको आरोप खेप्दै आएको अवस्थामा घटनामा संलग्नलाई पक्राउ गर्नुले नागरिकहरूमा ढिलै भए पनि केही मात्रमा सुरक्षाको अनुभूति थपिएको बताइएको छ। 

मृतककी विककी श्रीमती गीता विकले ढिलै भए पनि अनुसन्धान गरी दोषीलाई पक्राउ गरेकामा राहत महसुस भएको बताए। रासस

प्रकाशित: Mar 14, 2021| 13:15 आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।