सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले एमाले केन्द्रीय सदस्य बनाएका प्रदेश सांसद बिष्ट माओवादीमै फर्किए

ओलीले एमाले केन्द्रीय सदस्य बनाएका प्रदेश सांसद बिष्ट माओवादीमै फर्किए

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले केन्द्रीय सदस्यमा मनोनीत गरेका कर्णाली प्रदेश सांसद ठम्मर बिष्ट पुनः माओवादी केन्द्रमै फर्किने भएका छन्।
 |  आइतबार, चैत १, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०७७

सुर्खेत– प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले केन्द्रीय सदस्यमा मनोनीत गरेका कर्णाली प्रदेश सांसद ठम्मर बिष्ट पुनः माओवादी केन्द्रमै फर्किने भएका छन्।

आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासमा पुगेर बिष्टले माओवादीमै फर्किएको राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले जानकारी दिए।

‘उहाँ (सांसद बिष्ट) सँग पहिलेदेखि नै कुराकानी भइरहेको थियो’, शर्माले भने, ‘औपचारिक रुपमा आज माओवादीमै फर्किएको घोषणा गर्नुभयो।’

शनिबार माओवादी केन्द्रले २४ घण्टाभित्र आफ्ना सांसदहरुलाई पार्टीमा फर्कन अल्टिमेटम दिएको थियो। बिष्ट सुर्खेत क्षेत्र नं. १ (क) बाट प्रदेशसभामा निर्वाचित भएका हुन्।

 

प्रकाशित: Mar 14, 2021| 12:18 आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।