सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विधानविपरीत पदाधिकारी हटाएको भन्दै निर्वाचन आयोग पुग्यो माधव–झलनाथ समूह

विधानविपरीत पदाधिकारी हटाएको भन्दै निर्वाचन आयोग पुग्यो माधव–झलनाथ समूह

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विधानविपरीत महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाएको भन्दै एमालेको माधव–झलनाथ पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ।
 |  आइतबार, चैत १, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०७७

काठमाडौं–  नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विधानविपरीत महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाएको भन्दै एमालेको माधव–झलनाथ पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ।

आज राजेन्द्र पाण्डेसहितका नेताहरु निर्वाचन आयोग पुगेर निवेदन दर्ता गराएका हुन्। ‘बालुवाटारमा विशेष बैठक भन्दै महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाइएको विषयमा जानकारी गराएका छौं,’नेता पाण्डेले भने।  

माधव–झलनाथ पक्षले आफैंले बनाएको विधानविपरीत पदाधिकारी हटाउने, नयाँ मानिसहरु नियुक्त गर्ने र जिम्मेवारी हेरफेर गर्ने काम भएको भन्दै आयोगमा निवेदन दिएका हुन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा केन्द्रीय कमिटीको विशेष बैठक भन्दै केही दिनअघि एमालेको नवौं महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई जिम्मेवारीबाट मुक्त गरेका थिए।

उनले माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय कमिटी सदस्यमा समेत नियुक्त गरेका थिए। त्यस्तै माधव झलनाथ पक्षीय नेताहरुको जिम्मेवारी खोसेर आफू निकटका मानिसहरुलाई दिएका थिए।

No description available.

No description available.

प्रकाशित: Mar 14, 2021| 11:27 आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।