सोमबार, भदौ १५, २०८३

सिरहा विस्फोटमा गोइत समूहकाे संलग्नता रहेकाे आशंका

सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा सशस्त्र संघर्षमा रहेको जयकृष्ण गोइत समूहको संलग्नता रहेको आशंका गरिएको छ।
 |  आइतबार, चैत १, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०७७

जनकपुरधाम- सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा सशस्त्र संघर्षमा रहेको जयकृष्ण गोइत समूहको संलग्नता रहेको आशंका गरिएको छ।

घटनास्थलमा उक्त समूहका पर्चा फेला परेपछि त्यही समूहले विस्फोट गराएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान थालेको छ।

बम विस्फोटमा परी ८ जना घाइते भएका छन्। लहानमा रहेको मालपोत कार्यालयमा दिउँसो पौने १ बजे भएको विस्फोटमा घाइते हुनेहरुमा स्थानीय ३० वर्षीय दिनेश कुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिए।

प्रहरी उपरीक्षक भण्डारीका अनुसार दिनेशको तिघ्रा पिठ्युँलगायत शरीरका विभिन्न अंगमा बमको छर्रा लागेको छ।
‘उनको शरीरको विभिन्न भागमा चोट पटक लागेको छ। एसपी भण्डारीले भने, ‘हाम्रो डीएसपी साब नेतृत्वको टोलीले दिनेशसहित विस्फोटमा परी घाइते भएकाहरुको उद्धार गरी अस्पताल पठाएको हो।’ 

गम्भीर घाइते दिनेशलाई तत्काल सप्तरीमा रहेको एक अस्पतालमा उपचार भइरहेको छ भने थप उपचारका लागि काठमाण्डौ पठाउन हेलिकोप्टर मगाउने तयारी भइरहेको छ। ’

विस्फोटका अन्य घाइतेहरुको अवस्था सामान्य छ। उनीहरुको उपचार स्थानीय सप्तऋषि अस्पतालमा भइरहेको छ। घाइते हुनेहरुमा नायव सुब्बा शिवकुमार यादव, लक्ष्मी राणा, लालबाबू बिक, बेचनी मगर, फूल कुमार ठाकुर, बद्री नारायण यादव, भोला बहादुर मगर रहेका छन्।

प्रदेश २ को प्रहरी प्रमुख धिरजप्रताप सिंहका अनुसार प्रेसर कुकर बम विस्फोट भएको हो।

प्रकाशित: Mar 14, 2021| 09:41 आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।