सोमबार, भदौ १५, २०८३

एक महिनामा पौने तीन लाख आन्तरिक हवाई यात्रु 

गत महिना अर्थात् सन् २०२१ को फेब्रुअरीमा दुई लाख ८६ हजार ४४८ यात्रुले आन्तरिक उडान सेवा लिएका छन्। 
 |  आइतबार, चैत १, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०७७

काठमाडौं– गत महिना अर्थात् सन् २०२१ को फेब्रुअरीमा दुई लाख ८६ हजार ४४८ यात्रुले आन्तरिक उडान सेवा लिएका छन्। 

जनवरीमा दुई लाख ४९ हजार ३१० यात्रुले आन्तरिक उडान सेवा लिएका थिए। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जनवरीको तुलनामा फेब्रुअरीमा ३७ हजार १३८ बढी यात्रुले आन्तरिक उडान सेवा लिएका हुन्। 

अन्तर्राष्ट्रिय उडान सेवा लिने यात्रुको संख्या फेब्रुअरी महिनामा ९८ हजार ३४१ पुगेको छ। 

फेब्रुअरी महिनामा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै हवाई सेवा लिने यात्रुको संख्या तीन लाख ८३ हजार छ।         

अन्तर्राष्ट्रिय उडान भरिरहेका २० कम्पनीमध्ये गत महिना नेपाल वायुसेवा निगम अग्रस्थानमा रह्यो। 

निगमका गत महिना भएका १७४ उडानमार्फत २४ हजार यात्रुले सेवा लिएका छन्। 
 

प्रकाशित: Mar 14, 2021| 08:45 आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।