नयाँ दिल्ली– भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या फेरि बढ्न थालेको छ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २५ हजार ३२० जना सङ्क्रमित थपिएका छन्।
यसअघि एक दिनमा सङ्क्रमितहरुको सङ्ख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको हो। भारतमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाख ५९ हजार ४८ पुगेको अधिकारीहरुले जनाएका छन्।
कुल सङ्क्रमितमध्ये दुई लाख १० हजार ५२२ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन्।
भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म एक लाख ५८ हजार ६०७ जनाको मृत्यु भएको छ। तीमध्ये १६१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।