काठमाडौं– सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ।
विस्फोटमा परेर मालपाेत कार्यालयका नायब सुब्बा शिवकुमार यादवलगायत ६ जना घाइते भएको सिरहाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकारी दिए। उनका अनुसार एक जना घाइतेको अवस्था गम्भीर छ।
मालपाेतमा प्रेसर कुकर बम विस्फाेट भएकाे प्रदेश २ का डीआईजी धिरजप्रताप सिंहले बताए।
विस्फोट कसले गराएको हो भन्ने खुलेको छैन।

