काठमाडौं– नेकपा माओवादी (केन्द्र)को केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा बसिरहेको छ।
आजको बैठकमा हेडक्वार्टर र प्रदेश इन्चार्जहरुको तर्फबाट वर्तमान राजनीतिक अवस्थाबारे प्रतिवेदन पेश हुने कार्यसूची छ।
प्रतिवेदनमाथि केन्द्रीय कमिटी सदस्यहरुले टिप्पणी गर्नुका साथै सल्लाह सुझाव प्रस्तुत गर्नेछन्।
त्यसैगरी संगठनात्मक काम, विधान, पार्टी अनुशासन आदिबारे पनि बैठकमा छलफल हुने बताइएको छ। बैठकले पार्टीलाई कसरी अगाडि बढाएर लैजाने, संगठन निर्माण, नेता–कार्यकर्ताको व्यवस्थापन र जिम्मेवारीलगायतका बारेमा आवश्यक निर्णय गर्नेछ।
पार्टीको नाम फेर्नेबारे पनि बैठकमा छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिए।