सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरा विश्वविद्यालयको छात्रवृत्ति परीक्षा चैत १९ र २० मा

पोखरा विश्वविद्यालयको छात्रवृत्ति परीक्षा चैत १९ र २० मा

पोखरा विश्वविद्यालयले छात्रवृत्ति कोटामा आवेदन दिने विद्यार्थीलाई अनलाइनबाट फर्म भर्ने समय थप गरेको छ।
 |  आइतबार, चैत १, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०७७

काठमाडौं– पोखरा विश्वविद्यालयले छात्रवृत्ति कोटामा आवेदन दिने विद्यार्थीलाई अनलाइनबाट फर्म भर्ने समय थप गरेको छ।

विश्वविद्यालयको छात्रवृत्ति छनोट समितिले स्नातक तहको छात्रवृत्ति कार्यक्रममा सहभागी हुन चैत ६ गतेसम्म समय थप गर्ने तथा चैत १९ र २० गते परीक्षा सञ्चालन गर्नेे निर्णय गरेको हो।

अनलाइन फर्म भरेका विद्यार्थीको फर्म विश्वविद्यालयबाट रुजु भइसकेपछि रिसिभ गर्नुपर्ने हुन्छ। प्राविधिक कारणले विद्यार्थीले अनलाइन फर्म भर्न नमिल्ने भएकोमा विश्वविद्यालयले उक्त समस्या समाधान गरी अनलाइनबाट फर्म भर्न मिल्ने बनाएको हो।

विश्वविद्यलायले ६० प्रतिशत खुला र ४० प्रतिशत सिमान्तकृत वर्गलाई छात्रवृत्ति उपलव्ध गराउने गरेको छ ।

छात्रवृत्ति कोटामा अध्ययन गर्न विद्यार्थीले सरकारी र सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था छ।

प्रकाशित: Mar 14, 2021| 07:29 आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।