सोमबार, भदौ १५, २०८३

अर्ली इलेक्सनमा जानुपर्छ अब : संयोजक पाण्डे

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले संसदमा लोकतान्त्रिक ढङ्गले सरकार गठन नहुने स्थितिमा संविधान अनुसार निर्वाचनमा जानुपर्ने बताएका छन्। 
 |  आइतबार, चैत १, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०७७

काठमाडौं– विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले संसदमा लोकतान्त्रिक ढङ्गले सरकार गठन नहुने स्थितिमा संविधान अनुसार निर्वाचनमा जानुपर्ने बताएका छन्। 

शनिबार सुर्खेतमा पार्टीका सदस्य तथा सञ्चारकर्मीहरूको अन्तरक्रियामा उनले संसदमा सत्ता परिवर्तनको बेला सांसद किनबेचको फोहरी खेल हुन सक्ने भन्दै चिन्ता व्यक्त गरे।

‘आफैले असंवैधानिक ढङ्गले विघटन गरेको सदनमा प्रधानमन्त्रीकै रूपमा उपस्थित हुने नैतिक अधिकार ओलीसँग छैन। तर उनको बिदाइ पनि संवैधानिक र लोकतान्त्रिक हुनुपर्छ। विपक्षी दलहरू एक ठाउँमा आएर  सरकार निर्माणको प्रयास गरेर निकास दिनुपर्छ। सरकार टिकाइराख्न ओलीले खेलिरहेका जस्ता फोहरी खेल प्रतिपक्षले खेल्न हुन्न, संविधान अनुसार वैकल्पिक सरकार गठन हुन नसके बरु अर्ली इलेक्सनमा जानुपर्छ,’ पाण्डेले भने।

अर्को प्रसङ्गमा संयोजक पाण्डेले अब वैकल्पिक राजनीतिलाई मूलधारको राजनीतिमा प्रवेश गराउने अवसर आएको बताए। नयाँ पुस्ताले नयाँ राजनीति खोजिरहेको र पुराना दलका इमानदार कार्यकर्तासँगै आम नागरिकले पनि विकल्प चाहेकाले विवेकशीलको राजनीति स्थापित गर्ने उपयुक्त अवसर आएको उनको धारणा थियो।  

त्यसका लागि विवेकशील साझा पार्टीले  बृहत् लोकतान्त्रिक ध्रुवीकरणको नेतृत्व गर्ने उनको धारणा थियो। विचार र व्यवहार मिल्ने सबै व्यक्ति र शक्तिहरूलाई सम्मिलन र सहकार्यका लागि पहल गरिरहेको उनको भनाइ थियो।

प्रकाशित: Mar 14, 2021| 07:17 आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।