आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश प्रमुखले मदरसाका विद्यार्थीलाई प्रधानमन्त्रीको नाम सोधेपछि ...

प्रदेश प्रमुखले मदरसाका विद्यार्थीलाई प्रधानमन्त्रीको नाम सोधेपछि ...

जनकपुरधाम उपमहाननगरपालिका वडा नम्बर २५ लोहनामा रहेको मदरसाका विद्यार्थीहरुलाई आफ्नै देशको प्रधानमन्त्री र राष्ट्रपतिको नाम थाहा रहेनछ।
 |  आइतबार, चैत १, २०७७

जयन्त ठाकुर

जयन्त ठाकुर

आइतबार, चैत १, २०७७

जनकपुरधाम– गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि उनी र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच जुहारी नै चल्यो। दुई नेताले एकअर्कालाई आफ्नो शब्दवाणबाट परास्त गर्ने प्रयास गरे।

National life

त्यही जुहारीकै बीच प्रधानमन्त्री ओलीले एक कार्यक्रममा नेपालका प्रधानमन्त्रीको नाम नेपालमा मात्र नभई भारतमा समेत बच्चा–बच्चालाई थाहा भएको दाबी गरे।

तर, उनको नाम नेपाली बालबालिकालाई नै थाहा नभएको सुन्दा आश्चर्य लाग्ला। जनकपुरधाम उपमहाननगरपालिका वडा नम्बर २५ लोहनामा रहेको मदरसाका विद्यार्थीहरुलाई आफ्नै देशको प्रधानमन्त्री र राष्ट्रपतिको नाम थाहा रहेनछ।

हालै प्रदेश नम्बर २ को प्रदेश प्रमुख नियुक्त भएका राजेश झा मदरसा महकामा पुग्दा यो कुरा थाहा भएको हो। उनी नेपालकै सबैभन्दा ठूलो उक्त मदरसामा अनुगमनका लागि पुगेका थिए।

सो मदरसामा स्नातकसम्म पढाइ हुुन्छ भने साढे ४ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। २५० छात्रा र २ सय छात्रालाई पढाउ १२ जनामात्रै शिक्षक रहेको वडा नम्बर २५ का वडा सदस्य मोहम्मद कमरुद्दिनले जानकारी दिए। 

Laxmi sunrise bank
kumari

प्रदेश प्रमुख झा सोही वडामा रहेकोे कादरिया बरकाती मदरसामा पनि पुगेका थिए। त्यहाँ २५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने २ जनामात्रै शिक्षक छन्।

सो मदरसामा प्रदेश प्रमुख झाले अध्ययनरत छात्रछात्रालाई देशको प्रधानमन्त्रीको नाम, राष्ट्रपतिको नाम, प्रदेश २ मा कतिवटा जिल्ला छन् भनेर विद्यार्थीहरुलाई सोधे। अधिकांश विद्यार्थीले प्रदेश प्रमुखले सोधेका प्रश्नको जवाफ दिन सकेनन्। एक विद्यार्थीले भने प्रधानमन्त्रीमा राजेन्द्र महतोको नाम बताएका थिए। 

प्रदेश प्रमुख झाले मदरसाका शिक्षकहरुसँग कुरा गर्दै मदरसाहरुमा गुणस्तरीय शिक्षाको अभाव रहेकोमा दुःख व्यक्त गरे। जवाफमा शिक्षकहरुले मदरसाप्रति सरकारी उदासिनताका कारण निजी चन्दाको भरमा जसोतसो चलिरहेको दुखेसो व्यक्त गरेका थिए।

प्रकाशित: Mar 14, 2021| 05:14 आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।