सोमबार, भदौ १५, २०८३

शिवरात्रि मेला हेर्न गोकुलेश्वर गएका युवक मृत फेला

दोगडाकेदार गाउँपालिका–६ स्थित चौलानी नदीमा आज एक युवक मृत फेला परेका छन्।
 |  आइतबार, चैत १, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०७७

बैतडी –  दोगडाकेदार गाउँपालिका–६ स्थित चौलानी नदीमा आज एक युवक मृत फेला परेका छन्।

मृत फेला पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१, सेजालीका ३५ वर्षीय रमेश कार्की रहेको गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज नरेन्द्र धामीले जानकारी दिए। 

उनका अनुसार नदीको बीच भंगालोमा कार्कीको शव फेला परेको हो। 

‘उनको कसरी मृत्यु भयो भन्ने यकिन हुन सकेको छैन’, धामीले भने, ‘नदीले बगाएर ल्याएको जस्तो देखिन्छ, थप अनुसन्धान हुँदैछ।’

गत शुक्रबार शिवरात्रि मेला हेर्न गोकुलेश्वर गएका कार्की घर नफर्केपछि खोजतलास गर्दै जाँदा चौलानीमा मृत भेटिएका हुन्। 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: Mar 14, 2021| 03:55 आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।