सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा एकैदिन साढे २० लाखले लगाए कोरोनाको खोप, संक्रमित पनि बढ्दै

भारतमा एकैदिन साढे २० लाखले लगाए कोरोनाको खोप, संक्रमित पनि बढ्दै

भारतले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई तीव्र बनाएको छ। 
 |  आइतबार, चैत १, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०७७

काठमाडौं– भारतले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई तीव्र बनाएको छ। 

अस्ति शुक्रबार एकै दिनमा करिब साढे २० लाखले खोप लगाएका छन्। दैनिक खोपमा यो अहिलेसम्मकै बढी संख्या हो। 

हिजो शनिबार साँझसम्मको तथ्यांकअनुसार भारतमा अहिलेम्म २ करोड ९१ लाखले कोरोनाको खोप लगाइसकेका छन्। यीमध्ये ५३ लाखले दोस्रो डोज पनि लगाइसकेका छन्।

भारतमा भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन र सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड प्रयोग भइरहेको छ। यीबाहेक अन्य ६ वटा भ्याक्सिनमा पनि काम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

महामारी सुरु भएको एक वर्ष बितिसक्दा पनि भारतमा कोरोना संक्रमितको संख्या बढिरहेकै छ। अहिलेसम्म १ करोड १३ लाखभन्दा बढी संक्रमित भइसकेका छन्। तीमध्ये १ लाख ५८ हजारको ज्यान गएको छ।
 

प्रकाशित: Mar 14, 2021| 02:27 आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।