काठमाडौं – जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार रातिको खेलमा बायर्न म्युनिकले जित निकालेको छ।
वेर्डरको मैदानमा भएको खेलमा बायर्नले घरेलु टिम वेर्डरविरुद्ध ३–१ गोलको जित निकाल्यो।
जितका लागि लियोन गोरेट्जा, सर्ज गन्याब्री र रोबर्ट लेवान्डोस्कीले समान १–१ गोल गरे।
गोेरेट्जा र गन्याब्रीले पहिलो हाफमै गोल गरेर पाहुना टिमलाई अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो हाफको ६७ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बायर्नले स्पष्ट तीन गोलको अग्रता बनाएको थियो।
तर, ८५ औं मिनेटमा वेर्डरका निकल्स फुलक्रुनले एक गोल फर्काएपछि खेलको समग्र नतिजा ३–१ गोलको बन्यो।
त्यस्तै अर्को टिम बोरुसिया डर्टमन्डले १० खेलाडीमा सीमित हेर्था बर्लिनमाथि २–० गोलको जित निकालेको छ।
डर्टमन्डको मैदानमा भएको खेलमा घरेलु टिमका लाथि जुलियन ब्रान्डिक र योसुवा मोउकोकोले समान १–१ गोल गरेका थिए।
यो जितसँगै २५ खेलबाट ४२ अंक जोडेको डर्टमन्ड शीर्षस्थानको बायर्नभन्दा १५ अंक पछि छ।