सोमबार, भदौ १५, २०८३

संसदीय पत्रकार गण्डकीमा भरत कोइराला

संसदीय पत्रकार मञ्च गण्डकी अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन्। शनिबार पोखरामा भएको दोस्रो अधिवेशनले कोइरालाको नेतृत्वमा ११ सदस्स्यीय समिति निर्विरोध निर्वाचित गरेको हो।
 |  शनिबार, फागुन २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २९, २०७७

पोखरा– संसदीय पत्रकार मञ्च गण्डकी अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन्। शनिबार पोखरामा भएको दोस्रो अधिवेशनले कोइरालाको नेतृत्वमा ११ सदस्स्यीय समिति निर्विरोध निर्वाचित गरेको हो।

उपाध्यक्ष अमृत सुवेदी, सचिव रोहितराज पराजुली, कोषाध्यक्ष तारा चापागाईं दुवे, सहसचिव युवराज श्रेष्ठ चयन भए। सदस्यहरु प्रकाश ढकाल, बासु पौडेल, विशन क्षेत्री, उमा आले मगर, युवराज गुरूङ (युनिश) र उमेश पुन मगर छन्। 

अधिवेशन उद्घाटनपछि गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन हरिबहादुर चुमानले संसदमा बोलेका कुराको खोजी गर्दै समाचार बनाउनुपर्ने धारणा राखे। पछिल्लो समय पत्रकारले खोजीबिना नै समाचार लेख्ने प्रवृत्ति हाबी हुन थालेको हो कि भन्ने भान भएको उनले बताए। ‘पछिल्लो समय खोजी नगरी अरुले भनेको भरमा काम गर्ने पत्रकार हाबी भएको जस्तो भान भएको छ,’ उनले भने,‘यसको विषयमा संसदीय पत्रकार मञ्च चनाखो भएर लाग्नुपर्छ।’

संघीयताका बारेमा लेख्दा गहिराइमा गएर लेख्न उनले आग्रह गरे। एक फरक प्रसंगमा संघले अधिकार बाँडफाड गर्दा मिलाएर अगाडि बढ्नुपर्ने धारणा राखे। अब साझा अधिकार सूचीमा कानुन बनाउनेमाग उठाउनुपर्ने उनको भनाइ छ। संसदीय पत्रकार मञ्चले धेरै सिर्जनात्मक काम गरेको जनाउँदै भोलिका दिनमा सहकार्य गर्दै जाने बताए। 

प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेता कृष्णचन्द्र नेपालीले संसदीय पत्रकार मञ्च सदनकै एउटा अंग भएको बताए। संघीयताको अनुभूति दिन प्रदेश सभालाई घच्घचाउने काम मञ्चले गरेको उनको भनाइ छ।  मञ्चलाई कसरी अझै माथि पु¥याउन सकिन्छ भनेर सचेत रहन जरुरी रहेको उनको धारणा छ। उनले कार्यक्रममा म्यानमारमा भएको नरसंहार घटनाको विरोध गरेका छन्। उनले  म्यानमार कु गर्दै लोकतन्त्र धरापमा पारेको जनाउँदै यसका विरुद्ध आवाज बुलन्द बनाउनुपर्ने धारणा व्यक्त गरे। 

गण्डकी प्रदेश सभा विकास समिति सभापति दीपक कोइरालाले संघीयता बलियो बनाउन संसदीय पत्रकार मञ्चको भूमिका अहम् रहने बताए। मञ्चले सदनभित्र भएको गतिविधिले जनतामा सकारात्मक वा नकारात्मक कस्तो प्रभाव पर्छ भनेर उजागर गर्नुपर्ने धारणा राखे। कार्यक्रममा सांसदहरु कृष्ण थापा, बिन्दुकुमार थापा, हरिशरण आचार्य, पत्रकार महासंघ त्रिभुवन पौडेलले संसदीय अभ्यास र पत्रकारिताका बारेमा भनाइ राखे 

मञ्चको प्रगतिको कामनासहित शुभकामना दिएका थिए। संस्थालाई सहयोग गर्ने युवा व्यवसायी त्रिथुंगा ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक अध्यक्ष डिल्लीराम सुवेदी (शिशिर) लाई उक्त अवसरमा सम्मान गरिएको छ। 

नेपाल बार एसोसिएसन उपाध्यक्ष सुरेन्द्र थापामगर संयोजक रहेको समितिले निर्वाचन गराएको थियो। समितिमा इन्द्र पौडेल र कृष्णमणि बराल सदस्य थिए। निर्वाचित कार्यसमतिलाई निवर्तमान अध्यक्ष लालप्रसाद शर्मा, पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, कास्की शाखा उपाध्यक्ष विमला भण्डारीले शुभकामना व्यक्त गरे। नवनिर्वाचित अध्यक्ष कोइरालाले मञ्चमा आबद्ध पत्रकारको क्षमता अभिवृद्धि मुख्य एजेन्डा रहेको बताए।

प्रकाशित: Mar 13, 2021| 16:06 शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।