सोमबार, भदौ १५, २०८३

ओलीले कसैलाई पनि म्यानेज गर्न सक्दैनन् : पौडेल

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई पनि म्यानेज गर्न नसक्ने ठोकुवा गरेका छन्।
 |  शनिबार, फागुन २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २९, २०७७

काठमाडौं- नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई पनि म्यानेज गर्न नसक्ने ठोकुवा गरेका छन्।

प्रधानमन्त्रीले संसद् पुनर्स्थापना भएपछि तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्नेमा त्यसो नगरी स्वेच्छाचारी ढंगले अघि बढेको उनको टिप्पणी छ। 

रिपोर्टस् क्लबमा नेता पौडेलले नेकपा माओवादी केन्द्रबाट ओली सरकारमा मन्त्री बनेकाहरुलाई फिर्ता हुन लिखित निर्देशन दिइएको सुनाए।

उनले अब नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा नेपालको संयुक्त सरकार बनाउनुपर्ने पनि धारणा राखे। उनले भने, ‘हामीले सम्भव हुन्छ भने कांग्रेस, माओवादी केन्द्र र जसपाको सरकार बनाउनुपर्छ भनेका छौं।’

तर प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिन प्रयास गरेको सुनाउँदै उनले कतै प्रधानमन्त्री ओली अल्पमतमा पर्ने भए भने नेपालमा अदृश्य घट्ना पनि घट्नसक्ने पौडेलको टिप्पणी छ। उनले आफूहरुले सरकारको नेतृत्वको दाबी नगरेको पनि स्पष्ट पारे। 

पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर जो भए पनि आफूहरुलाई कुनै आपत्ति नहुने सुनाए। 

उनले प्रधानमन्त्री ओलीले जसपाको माग र मुद्दा कुनै पनि हालतमा सम्बोधन नगर्ने ठोकुवा गरे। ‘जसपाको माग हामीले पूरा गर्छौं’, उनले भने, ‘ओलीले त कुनै पनि हालतमा गर्दैनन्।’ प्रधानमन्त्री पद टिकाउन ओलीले जस्तोसुकै सम्झौता गर्नसक्ने पौडेलले बताए। तर, सम्झौता भएको भोलिपल्टबाट त्यसलाई लत्याउने पनि उनले ठोकुवा गरे। विप्लव र सिके राउतलाई वार्ता गरेर सहमति गरेकोमा भने उनले ओलीको कदमको प्रशंसा गरे। तर, विप्लवका माग सरकारले पूरा नगरेको उनको भनाइ छ। 

फरक प्रसँगमा उनले आफ्ना पार्टीका अध्यक्ष पुष्पकमल दाहालले फेरि हतियार उठाउने कुरा नगरेको जिकिर गरे। उनले भने, ‘उहाँले हतियार उठाउने कुरा गर्नुभएको छैन। बरु, काठमाडौं बस्न अलिक कम गरेर जनताको माँझ बस्नुपर्छ भन्नुभएको हो।’

प्रकाशित: Mar 13, 2021| 11:56 शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।