सोमबार, भदौ १५, २०८३

कांग्रेस, माओवादी र जसपाको सरकार बन्छ : खड्का

नेपाली कांग्रेसका नेता नारायण खड्काले अब कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको सरकार बन्ने बताएका छन्।
 |  शनिबार, फागुन २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २९, २०७७

काठमाडौं- नेपाली कांग्रेसका नेता नारायण खड्काले अब कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको सरकार बन्ने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोजिने भन्दै उनले छिट्टै कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सरकार गठनबारे समझदारी हुने विश्वास व्यक्त गरे।

रिपोर्टस् क्लबमा आयोजित साक्षात्कारमा नेता खड्काले संसद विघटनजस्तो प्रतिगमनकारी कदम चालेका प्रधानमन्त्री ओलीले अहिले पनि आफ्नो निरन्तरताको लागि प्रयास गरिरहेको सुनाए।

तर, अब एमालेबाहेकका दलहरुको सरकार बनाउनुपर्ने उनको भनाइ छ। र, अब बन्ने सरकारको नेतृत्व कांग्रेसले नै गर्ने पनि उनले स्पष्ट पारे। जनता समाजवादी पार्टी, नेपालका माग र मुद्दा सम्बोधन गर्न कांग्रेसले यसअघि पनि प्रयास गरेको भन्दै यसअघि संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको पनि खड्काले चर्चा गरे। 

संसद् पुनर्स्थापना भएपछि र सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलगअलग भएपछि जसपा नेपाल, सत्ता समिकरणको लागि ‘किङ मेकर’ को भूमिकामा रहेको उल्लेख गर्दै खड्काले प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई नै प्रधानमन्त्री दिने भनेर ललिपप देखाएको पनि टिप्पणी गरे। 

उनले अहिले पार्टीभित्र पनि सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बनाउनुपर्छ भनेर आवाज उठेको र नेताहरुबीच सहमति भएको सुनाए।

उनले कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन बन्नेतर्फ सहमतिउन्मुख रहेको प्रतिक्रिया दिए। प्रधानमन्त्री ओलीबाट अझै प्रतिगमनको खतरा देखिएकोपनि उनले चित्रण गरे। उनले भने, ‘नेपाली आकाशमा खतराको बादल मडारिरहेको छ। यस खतरालाई सबै मिलेर परास्त गर्नुपर्छ।’

प्रकाशित: Mar 13, 2021| 11:28 शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।